घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

९) ललितपुर

ललितपुर जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री बालकृष्ण घिमिरे, ९८४१६२४६५२ अध्यक्ष झरूवारासी–७
  2. श्री केदार प्र., ९८४१४५२७११ उपाध्यक्ष लामाटार ५
  3. श्री गोपाल प्र., ९८५१०९४०४९ उपाध्यक्ष झरूवारासी–
  4. श्री कृष्ण प्र. सदस्य इकुडोल
  5. श्री केशब प्र., ९७५१०००१७७ सदस्य चन्दनजपुर
  6. श्री केदारनाथ, ९८१८११०८७६ सदस्य बुखेल
  7. श्री नरदीप, ९८४१४०७६७० सदस्य इमाडोल

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे समाज झरूवारासी–७, ललितपुर,बाग्मती रामशरण घिमिरे

२) आदिवासी उपाध्यय घिमिरे समाज, झरूवारासी–७, तासिञ्चोक, ललितपुर रामप्रसाद घिमिरे

३) लेले घिमिरे कुलदेवता समिति, लेले–३ चारघरे,ललितपुर, बाग्मती भैरवबहादुर घिमिरे

४) घिमिरे परिवार कुलायन गुठी लामाटार, ललितपुर बाग्मती केदार प्र. घिमिरे

५) काशी विश्वेश्वर विकास कोष, लामाटार,६ ललितपुर बाग्मती रामशरण घिमिरे

६) घिमिरेबन्धु समाज, चन्दनपुर, ललितपुर,बाग्मती केशव प्र. घिमिरे

७) घिमिरेबन्धु दिवाली पूजा समूह ,ईमाडोल–३ र ७ ललितपुर, बाग्मती नरदीप घिमिरे

८) भिमेश्वर मन्दिर निर्माण तथा टोलसुधार समिति, लामाटार–५,ललितपुर ………….. घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) नामाखर घिमिरे वंशावली,२०६८, संकलकः रामशरण घिमिरे, प्रकाशकः वंशावली प्रकाशन समिति, लामाटार (सिस्नेरी) ललितपुर ।

आज मिति २०७४/६/८ गते गत साउन 2८ गते आएको बाढीपहिरोबाट घरमा सुतिरहेका ललितपुर , वागमती गाउँपालिका इखुडोल बडा न ५ का झंकनारायण घिमिरे उनकी श्रीमती र ५ वर्षको छोरासहित घर बगाएर घाइते भएकाहरूलाई घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल ,ललितपुर जिल्ला समन्वय समितिका तर्फबाट सहयोग समर्पण गर्दै

photo

हार्दिक बधाई तथा धन्यवाद ।

सिनेमा जगतमा संलग्न रही सफलताको परिचय स्वरुप “राष्ट्रिय युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार–२०७२” प्राप्त गर्न सफल हुनु भएकोमा श्री सचिन घिमिरेलाई हार्दिक बधाई र शुभकामना साथै आगामी दिनमा उत्तरोत्तर प्रगति तथा भविष्यको कामना समेत गर्दछौं ।

घुम्ती मासिक बैठकका क्रममा

इमाडोल- 2074-5-24

घिमिरे कुलायन समाज, लामाटार

पुनर्गठन

ललितपुर जिल्ला घिमिरे समन्वय समितिको तेश्रो साधारण सभा तथा पुनर्गठन कार्यक्रम सम्पन्न ।

मिति २०७३ फाल्गुण १६ गते सोमबार प्रमुख अतिथी श्री माधब प्रसाद घिमिरे (अध्यक्ष, घिमिरे बन्धु राष्टिय प्रतिष्ठान) र ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष श्री आत्माराम घिमिरेको सभापतित्वमा ललितपुर जिल्ला घिमिरे समन्वय समितिको तेश्रो साधारण सभा तथा पुनर्गठन कार्यक्रम घिमिरे कुल देवताको मन्दिर, घिमिरे समाज, झरुवारासी ७, ललितपुरमा सम्पन्न भयो ।

काठमाण्डौ, भक्तपुर र ललितपुर कार्य क्षेत्र रहेको प्रतिष्ठानको भगिनी संस्थाको रुपमा अगाडि बढी रहेको काश्यप बहुउद्देश्यीय सहकारी संंस्था, कोटेश्वर, काठमाण्डौ प्रायोजक रहेको सो कार्यक्रममा ललितपुरमा रहेका घिमिरे बन्धुहरुको निम्न संस्थाहरुबाट उपस्थिती रहेको थियोः

घिमिरे समाज झरूवारासी–७, आदिवासी उपाध्यय घिमिरे समाज, झरूवारासी–७,तासिञ्चोक, लेले घिमिरे कुलदेवता समिति, लेले–३ चारघरे, घिमिरे परिवार कुलायन गुठी, लामाटार, काशी विश्वेश्वर विकास कोष, लामाटार, ६
घिमिरेबन्धु समाज, चन्दनपुर, घिमिरेबन्धु दिवाली पूजा समूह ,ईमाडोल–३ र ७, घिमिरे कुल पुजा समिति, झम्सिखेल, भिमेश्वर मन्दिर निर्माण तथा टोलसुधार समिति, लामाटार–५, घिमिरे समाज, ईकुडोल,घिमिरे बन्धु समाज, बुखेल

सो कार्यक्रममा बिशेष अतिथीको रुपमा मकवानपुर जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री चेतनाथ घिमिरे, काभ्रेपलाञ्चोक जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री चेत प्रसाद घिमिरेहरु छिमेकी जिल्ला घिमिरे समन्वय समितिका अध्यक्षहरु तथा काठमाण्डौ र भक्तपुर जिल्लाहरुबाट जिल्ला समन्वय समितिका अन्य पदाधिकारीहरु एवं घिमिरे बन्धु राष्ट्रिय भेला आयोजक समिति २०६६ देखि हालसम्मका प्रतिष्ठानका भु.पू. र वर्तमान कार्य समितिका र काश्यप बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

सो भेलाबाट गोरखापत्र दैनिक र मुना मासिकमा सम्पादक रही गोरखापत्र संस्थानका महाप्रबन्धक पदबाट हाल सेवा निवृत्त रहनु भएका घिमिरे समाज, झम्सीखेल, ललितपुरका अध्यक्ष श्री कपिल घिमिरेको अध्यक्षतामा निम्न ९ सदस्यीय जिल्ला समन्वय समिति पुनर्गठन भएको जानकारी समेत गराइन्छ ।

अध्यक्ष श्री कपिल घिमिरे, अध्यक्ष, घिमिरे कुल पुजा समिति, झम्सिखेल ९८५१०४९५११
प्रथम उपाध्यक्ष श्री बिमला के.सी.घिमिरे,अध्यक्ष, भिमेश्वर मन्दिर निर्माण तथा टोलसुधार समिति, लामाटार–५,
द्धितीय उपाध्यक्ष श्री केशव प्र. घिमिरे, अध्यक्ष, घिमिरेबन्धु समाज, चन्दनपुर, ९७५१०००१७७
सचिव श्री महेन्द्र घिमिरे, सदस्य घिमिरे समाज, ईक’डोल, ९७४१०३८६८५
सदस्य श्री कृष्ण बहादुर घिमिरे, सदस्य घिमिरे समाज झरूवारासी–७
सदस्य श्री श्रीधर घिमिरे,सदस्य, आदिवासी उपाध्यय घिमिरे समाज, झरूवारासी–७,तासिञ्चोक, ९८४१२५९३९८
सदस्य श्री बाबुकृष्ण घिमिरे, सदस्य, घिमिरे परिवार कुलायन गुठी लामाटार,
सदस्य श्री माधव घिमिरे, सदस्य, घिमिरे समाज, ईकुडोल, ९८४१५७३६०१
सदस्य श्री गुरु प्रसाद घिमिरे, अध्यक्ष, घिमिरे समाज, बुखेल

सल्लाहकारहरु

श्री बालकृष्ण घिमिरे, भु.पू. अध्यक्ष, ललितपुर जिल्ला घिमिरे समन्वय समिति, ९८४१६२४६५२
श्री आत्माराम घिमिरे, निवर्तमान अध्यक्ष, ललितपुर जिल्ला घिमिरे समन्वय समिति, ९८४१६४४३४५

सो जिल्लाका कुनै समूहहरुबाट सो जिल्ला समन्वय समितिमा सदस्य रहन छुट भएको भए सम्पर्क गर्नु भई जिल्ला समन्वय समितिमा सदस्यता पठाउनु हुन समेत जानकारी र अनुरोध गराइन्छ ।

पुनर्गठित जिल्ला समन्वय समितिको कार्यकाल सफतापूर्वक अगाडि बढोस् ।

नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभ कामना ।

राष्ट्र्कविसँग बिशेष काममा ल.पु. अध्यक्ष

आजको दिन राष्ट्रकवि माधवप्रसाद घिमिरेसङ्ग उहाँको शैक्षिक योगदानका बारे भलाकुसारी गरी बिताइयो।राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली वाङ्ग्मयका विशिष्ट साधकका रूपमा मात्र सुविख्यात हुनुहुन्न! उहाँले सं २००५ सालमा आधार शिक्षाको तालिम लिएर लमजुङको गाउँशहरमा पाठशाला खोलेर समाजलाई शिक्षाको ज्योतिद्वारा जागरण ल्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।त्यसवेला गाउँशहर दरबारको एउटा कुनामा खोलिएको आधार शिक्षा स्कुल आज झांगिदै लमजुङ माध्यमिक विद्यालयको नामले प्रख्यात छ ।त्यही विषयमा केन्द्रित भएर गरिएको वार्तालाप

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सदस्य श्री राम प्र. घिमिरे (लमजुङ्ग) र ललितपुर जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री कपिल घिमिरे सहित सहितको टोली राष्ट्रकवि एवं यस प्रतिष्ठानका मानार्थ सदस्य श्री माधव घिमिरेको निवासमा भलाकुसारी गर्दै ।

घुम्ती मासिक बैठक

महांकाल गाऊपालिका वडा नं 3 स्थित वैतर्णीधाम गोटिखेल ललितपुरमा घिमिरे बन्धु राष्ट्रीय प्रतिष्ठान जिल्ला समन्वय समिति ललितपुरको नियमित बैठक प्रतिष्ठानका महा-सचिब श्री रामसरण घिमिरेको प्रमूख आतिथ्यमा, जिल्ला समन्वय समिति संयोजक श्री कपिल घिमिरेको अध्यक्छतामा सम्पन्न /बैठकमा केन्द्रीय कोषाध्यछ श्री पुन्ण्य प्रसाद घिमिरे, केन्द्रीय सदस्य श्री राम प्रसाद घिमिरे, श्री ईश्वरी प्रसाद घिमिरे, रमेश कुमार घिमिरेको ऊपस्थिति थियो / वैठकले जिल्ला समन्वय समिति ललितपुर बाट घिमिरे बन्धुको वंशावली प्रकाशन गर्ने बारे छलफल गर्दै त्यस प्रकासन कार्य सम्पन्न गर्न महा नगर, नगर र गाऊ पालिका वडा हरूमा वंशावली संकलन उप समितिहरू निर्माण गर्ने निर्णय गरेको छ /2074/3/24 गोटिखेल, ललितपुर

ललितपुर जिल्ला समन्वय समितिको श्रावण महिनाको नियमित बैठक सम्पन्न ।

मिति २०७४ श्रावण २१ गते, शनिबार साबिक बाणीविलास उ.मा.वि., चापागाँऊको प्याङ्गगाऊँ बसपार्क, हाल (गोदावरी न.पा.–१०) ललितपुरमा श्रावण महिनाको नियमति घुम्ती मासिक बैठक ललितपुर जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री कपिल घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

सो बैठकमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका महासचिव, सचिव, प्राणनाथ अनाथ सेवा आश्रम देवघाट–धाम, तनहुँकी संरक्षिका प्रथम नेपाली महिला भागवत वाचिका सुश्री तारा घिमिरे लगायत जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा सो स्थान वरपरका घिमिरे बन्धु–वान्धवहरुको उपस्थिती रहेको थियो ।

सो बैठकमा निम्न क्रियाकलापहरु भएको जानकारी गराइन्छ ः–

(क) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको चिनारी सहित जानकारी,
(ख) ललितपुर जिल्ला घिमिरे समन्वय समितिको पहिला पहिला भएका नियमित मासिक बैठहहरुको समिक्षा गरी कार्यान्वयन गर्ने तर्पm भए गरेका र गरिने क्रियाकलापहरुको बारेमा छलफल र जानकारी गराइयो ।
(ग) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको भगिनी संस्थाको रुपमा अगाडि बढीरहेको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाको बारेको जानकारी गराई इच्छुक घिमिरे बन्धु–वान्धवहरुलाई सो सहकारीको शेयर सदस्य हुनको लागि जानकारी र अनुरोध गराइयो,
(घ) सो जिल्ला भरि रहेका घिमिरे बन्धुहरुको बंशावली संकलन गरी प्रकाशित गर्ने उद्देश्यकासाथ सो जिल्ला समन्वय समितिका सचिव श्री महेन्द्र घिमिरेको संयोजकत्वमा “ ललितपुर जिल्ला घिमिरे बंशावली प्रकाशन उप–समिति” गठन गर्ने र सो उप समितिले बंशावली प्रकाशनको लागि सो जिल्लामा रहेका घिमिरे बन्धुहरुको पारिवारिक विवरण संकलनको लागि प्रतिष्ठानको केन्द्रिय कार्यालयले तयार गरेको फारमलाई सो जिल्लाको हरेक समूह–समूहहरुमा नाम–नामेसी संकलन उप–समिति गठन गरी घिमिरे बन्धुहरुको पारिवारिक विवरण संकलन गर्ने र गराउने निर्णय गरियो ।

सो उप समितिहरुले जिल्ला भरि रहेका घिमिरेहरुका समूहहरुको खोजबिन गरि प्रतिष्ठानमा समूह सदस्यता लिन छुट भएकाहरुको लागि आवेदन फारम भरी सदस्यता लिनको लागि अनुरोध गर्ने निर्णय गरियो । त्यसैले त्यसरी छुट भएका घिमिरेका समूहहरुले सम्बन्धित जिल्ला घिमिरे समन्वय समितिसँग सम्पर्क गर्नु गराउनु हुन समेत जानकारी र अनुरोध गरिन्छ ।

(ङ) पिता–पुर्खाहरुले गर्नु भएको योगदानहरुको बारेमा, आप्mनो कूल देवता पूजाको बिधी विधान, प्रकृया, चलन आदिको बारे र सो लगायतको अन्य केही विवरण भए प्रतिष्ठानले प्रकाशित गर्न लागेको दोश्रो अंकको स्मारिकाको लागि लिखित रुपमा २०७४ आश्विन मसान्तसम्ममा बिवरण उपलब्ध गराउन अनुरोध सहित जानकारी गराइयो ।
साथै प्रतिभाशाली घिमिरेहरुको विवरण स्मारिकमा प्रकाशित गर्नको लागि विवरण उपलब्ध गराउन जानकारी गराइयो ।
(च) प्राणनाथ अनाथ सेवा आश्रम देवघाट–धाम, तनहुँकी संरक्षिका प्रथम नेपाली महिला भागवत वाचिका सुश्री तारा घिमिरेले नेपालको पवित्र तिर्थस्थल तथा नेपालको मध्यखण्डमा पर्ने देवघाट–धाम, तनहुँमा घिमिरे बन्धुहरुको केन्द्रिय कार्यालय स्थापना गरि केन्द्रिय घिमिरे कूल देवता पुजा मन्दिर, संग्राहलय, पुस्तकालय, आश्रम लगायतका भौतिक संरचना तयार गर्दा अति उत्तम हुने र सो कार्यको लागि आपूmले घिमिरे प्रतिष्ठानलाई सहयोग गर्ने र सो कार्यको लागि आपूmले ८ बर्ष अगाडि देवघाट–धाम, तनहुँमा प्राणनाथ सेवा अनाथ सेवा आश्रमसँगै १ कट्ठा जग्गा समेत किनेर घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान, देवघाट–धाम, चितवनलाई उपलब्ध गराएको र हालसम्म सो जग्गामा कुनै पनि प्रकारको भौतिक संरचना नबनेको जानकारी गराउनु भएको र सो जग्गालाई उचित प्रयोग गर्न अनुरोध गर्नुका साथै सो जग्गाको छिमेकमा आप्mनो प्राणनाथ अनाथ सेवा आश्रममा कृष्णको मन्दिर बनाउन शुरु गरेको र हालसम्म ४० लाख खर्च भइसेको तथा निर्माण कार्य बाँकी रहेकोले सो को लागि घिमिरे दाजुभाई, दिदीबहिनी, बा–आमा लगायतले आर्थिक सहयोग गर्न जानकारी तथा अनुरोध गर्नु भएकोले सहयोगी हातहरुले यथाशक्य आप्mनो गच्छे अनुसार सहयोग गर्न गराउनु हुन जानकारी सहित अनुरोध गरिन्छ ।
(छ) सो जिल्ला समितिको रिक्त कोषाध्यक्ष पदमा श्री रुपक घिमिरेलाई नियुक्त गर्ने निर्णय गरियो ।
(ज) जिल्लाका घिमिरेहरुका छुट भएका अन्य समूहहरु खोजी गरि सो समूहबाट आवश्यकता अनुसार जिल्ला समन्वय समितिमा सदस्य थप गर्ने निर्णय गरियो ।
(झ) ) जिल्ला समितिको आगामी भाद्र महिनाको नियमित घुम्ती बैठक २४ गते शनिबार ईमाडोल, ललितपुरमा बस्ने निर्णय गरियो ।

ललितपुर जिल्ला समन्वय समितिको भाद्र महिनाको नियमित बैठक सम्पन्न ।

मिति २०७४ भाद्र २४ गते, शनिबार साबिक ईमाडोल गा.वि.स.–९, हालः महालक्ष्मी न.पा.–३ कोड्कु खोला, ईमाडोल, ललितपुरमा रहेको श्रृजनशील महिला सामुदायीक भवनमा भाद्र महिनाको नियमति घुम्ती मासिक बैठक ललितपुर जिल्ला घिमिरे समन्वय समितिका उपाध्यक्ष श्री बिमला घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

सो बैठकमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका महासचिव, सचिव, कोषाध्यक्ष तथा घिमिरे बन्ध राष्ट्रिय प्रतिष्ठानको भगिनी संस्थाको रुपमा रहेको काश्यप बहुउदेश्यीय सहकारी संस्थाका सचिव र व्यवस्थापक लगायत जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा सो स्थान वरपरका घिमिरे बन्धु–वान्धवहरुको उपस्थिती रहेको थियो ।

सो बैठकमा निम्न क्रियाकलापहरु भएको जानकारी गराइन्छ ः–

(क) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको चिनारी सहित जानकारी गराई प्रतिष्ठानबाट आश्विन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम, दशैं, तिहार, छठ सहित (शारदीय) पर्वहरुको शुभ–कामना आदान–प्रदान तथा साधारण सभामा उपस्थितीको लागि जानकारी सहित अनुरोध गरियो ।
(ख) ललितपुर जिल्ला घिमिरे समन्वय समितिको पहिला पहिला भएका नियमित मासिक बैठकहरुको समिक्षा गरी कार्यान्वयन गर्ने तर्पm भए गरेका र गरिने क्रियाकलापहरुको बारेमा छलफल र जानकारी गराइयो ।
(ग) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको भगिनी संस्थाको रुपमा अगाडि बढीरहेको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाको बारेको जानकारी गराई इच्छुक घिमिरे बन्धु–वान्धवहरुलाई सो सहकारीको शेयर सदस्य हुनको लागि जानकारी र अनुरोध गराइयो ।
(घ) सो जिल्ला भरि रहेका घिमिरे बन्धुहरुको बंशावली संकलन गरी प्रकाशित गर्ने उद्देश्यकासाथ जिल्ला घिमिरे समन्वय समितिका सचिवको संयोजकत्वमा “ललितपुर जिल्ला घिमिरे बंशावली प्रकाशन उप–समिति” गठन भए पश्चात गर्ने र सो उप समितिले बंशावली प्रकाशनको लागि सो जिल्लामा रहेका घिमिरे बन्धुहरुको पारिवारिक विवरण संकलनको लागि प्रतिष्ठानको केन्द्रिय कार्यालयले तयार गरेको फारमलाई सो स्थानमा रहेको घिमिरे कूल पूजा समिति, ईमाडोलले भर्ने भराउने क्रियाकलाप अगाडि बढाई रहेको जानकारी पाईयो ।
(ङ) पिता–पुर्खाहरुले गर्नु भएको योगदानहरुको बारेमा, आप्mनो कूल देवता पूजाको बिधी विधान, प्रकृया, चलन आदिको बारे र सो लगायतको अन्य केही विवरण भए प्रतिष्ठानले प्रकाशित गर्न लागेको दोश्रो अंकको स्मारिकाको लागि लिखित रुपमा २०७४ आश्विन मसान्तसम्ममा बिवरण उपलब्ध गराउन अनुरोध सहित जानकारी गराइयो ।
साथै प्रतिभाशाली घिमिरेहरुको विवरण स्मारिकमा प्रकाशित गर्नको लागि विवरण उपलब्ध गराउन जानकारी गराइयो ।
(च) ललितपुर जिल्ला घिमिरे समन्वय समितिमा घिमिरे कूल पूजा समिति, ईमाडोल समूहको सदस्यता नरहेको हुनाले सो समूहबाट श्री लब बहादुर घिमिरे, श्री बिमला घिमिरे र श्री भोला सिं घिमिरेलाई सदस्यता प्रदान गर्ने निर्णय गरियो ।
(ज) सो स्थानमा रहेका घिमिरे बन्धुहरुले स्थापना गर्नु भएको घिमिरे कूल पूजाको मन्दिरको समेत अवलोकन गरियो ।
(झ) जिल्लाका घिमिरेहरुका छुट भएका अन्य समूहहरु खोजी गरि सो समूहबाट आवश्यकता अनुसार जिल्ला समन्वय समितिमा सदस्य थप गर्ने निर्णय गरियो ।
(ञ) ललितपुर जिल्ला जिल्ला घिमिरे समन्वय समितिको आगामीे नियमित घुम्ती बैठक आश्विन महिनाको २१ गते शनिबार लामाटार, ललितपुरमा बस्ने निर्णय गरियो ।

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल , ललितपुर जिल्ला समन्वय समितिको नियमित बैठक आज २०७४/६/२१ गते ललितपुरको लामाटारमा बस्यो। बैठकमा प्रमुखअतिथि प्रतिष्ठानका महासचिव रामशरण घिमिरेले पतिष्ठानको उद्देश्य घिमिरेहरूको पहिचान ,इतिहास एवं वंशावली जनसमक्ष ल्याउनका साथै सम्वत् १७१८ को अभिलेखअनुसार घिमिरेहरू लामाटार आई बसोबास गरेको धारणा व्यक्त गर्नुभयो ।सचिव अजय घिमिरेले जिल्लाको नियमित बैठक बस्नेक्रममा आजको हो र घिमिरेहरूको गतिविधि उजागर गर्ने अभियानमा केन्द्रले सदैव सहयोग गर्ने मनसाय व्यक्त गर्नुभयो ।जिल्ला समन्वय समितिका उपाध्यक्ष विमला घिमिरेले घिमिरेबन्धुहरूलाई आपतविपत पर्दा हामी सबै एकजुट भएर सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समितिका सचिव महेन्द्र घिमिरेले समितिले गर्दै आएको क्रियाकलापहरूबारे जानकारी गराउनुभयो।समितिका सदस्य माधवप्रसाद घिमिरेले समितिको गतिविधिमा केही सुस्तता आएको तर गर्न सकिने धेरै काम भएको कुरा बताउनुभयो ।

समितिका अध्यक्ष कपिल घिमिरेले राष्ट्र निर्माणमा घिमिरेहरूको योगदान विशिस्ट रहेको र यस सुकीर्ती र यशलाई बन्धुहरूमा बोध गराउन सक्नु नै प्रतिष्ठानको मूल लक्ष्य रहेको अवगत गराउनुभयो। कार्यक्रममा कृष्णबहादुर घिमिरे ,दामोदर घिमिरे ,बालकृष्ण घिमिरे ,बाबुकृष्ण घिमिरे ,जगन्नाथ घिमिरे ,नरदीप घिमिरे , श्यामराज शर्मा घिमिरे , भोलासिंह खत्री घिमिरे तथा केदार घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो।समितिको आगामी बैठक कात्तिक १८ गते ललितपुरको दलचोकीमा बस्ने भएको छ