घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१) दोलखा

दोलखा जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

दोलखा जिल्लामा रहे–बसेका घिमिरेहरु, घिमिरे समाज अध्ययन प्रतिष्ठान नेपाल, र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको पहल र तत्परतामा मिति ०७० माघ १८ गते शनिवार नाम्दु ४, घिमिरेटारमा भएको घिमिरे समाज अध्ययन प्रतिष्ठान नेपाल केन्द्रीय समिति नाम्दु, दोलखाको प्रथम साधारण सभाको उदघाटन घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका अध्यक्ष श्री माधव प्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सोही अवसरमा भएको घिमिरे वन्धुहरुको भेलाले काब्रे ३, मैनापोखरी दोलखा निवासी श्री गीताकृष्ण शर्मा घिमिरे ९८५११५८६५८, ९८०८५०३९२१ को संयोजकत्वमा १७ सदस्यीय दोलखा जिल्ला घिमिरे समन्वय समिति गठन गरिएको छ ।

सो भेलामा दोलखा जिल्लाका नाम्दु, काब्रेको मैनापोखरी, जुँगु, श्यामा, डाँडाखर्क, गैरीमुदी, जिरी, लामिडाँडाको हिलेपानी लगायत छिमेकी जिल्ला रामेछापबाट समेत घिमिरेहरुको उपस्थिती रहेको थियो ।

साथै सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, केन्द्रिय सदस्य श्री रोदना घिमिरे, श्री देवेन्द्रराज शर्मा घिमिरे र बाग्मती अञ्चल घिमिरे समन्वय समितिका सचिव श्री कुमार घिमिरेको समेत उपस्थिती रहको थियो ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

१) श्री गीताकृष्ण शर्मा घिमिरे संयोजक, ९८५११५८६५८
२) श्री वलराम घिमिरे
३) श्री रविचन्द्र घिमिरे
४) श्री सिताराम घिमिरे
५) श्री उद्धब घिमिरे
६) श्री अन्जना घिमिर
७) श्री उर्मिला घिमिरे
८) श्री तुलसा घिमिरे
९) श्री केशवराज घिमिरे
१०) श्री रामकृष्ण घिमिरे
११) श्री शरद के.सी. घिमिरे
१२) श्री जगतनारायण खत्री घिमिरे
१३) श्री रामशरण घिमिरे
१४) श्री बिष्णु प्रसाद घिमिरे
१५) श्री शुभद्रा घिमिरे
१६) श्री नवराज घिमिरे
१७) श्री भोजराज घिमिरे
१८) श्री केशव घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावलीको विवरण

१) हिलेपानी गाँउ र घिमिरे वंश, २०५४ संकलकः गोविन्द राज घिमिरे, लेखक तथा प्रकाशकः रोहिणी प्रसाद घिमिरे, लामिडाँडा–४, हिलेपानी दोलखा

जिल्ला घिमिरे भेला र समन्वय समिति गठन तथा जेष्ठ नागरिक मान सम्मान कार्यक्रम

घिमिरे समाज अध्ययन प्रतिष्ठान नेपालले घिमिरेहरुकाे कुल पुजा विधि सम्वन्धि के किन कसरी कस्ताे कहाँ भन्ने सवाल,घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गर्न लागेकाे स्मारिकामा प्रस्तुत गर्न दाेलखामा प्राप्त पुजा विधिका ज्ञाता वृद्धहरुसँग साेधपुछ गरि बुझ्दा सिक्ने वन्धुलाइ सिकाउन सकिने तर छपाउन नमिल्ने भन्ने सुझाव प्राप्त भएकाेले प्रकाशनकाे लागि घिमिरे कुलपूजा विधि उपलब्ध गराउन सकियन।
प्रकाशन गर्न नमिल्ने कारण बुझ्दा,
हाम्राे पुजाविधि गाेठभित्र गरिन्छ र अन्यलाइ ठाडाे त्यर्सा रेखि देखाईंदैन।यदि देखाइयाे भने घिमिरे कुलले चढाइएकाे प्रसाद ग्रहण नगर्ने र कुलदेवताकाे धामी हराउँदै जानी कुरा जानकारी पाइयाे भने अर्काेतर्फ अहिले नपढ्नि भन्नि कुनै कुल कुटुम्ब छैनन।छपाएपछि सबैले पढ्छन र नक्कली धामी बनी कुलकाे अपहेलना हुनसमेत पुग्छ।कुलले कम्प गराएकाे वन्धुले कुलकाे ईतिहास नपढि कम्प भएकाे वेला सबै ईतिहास भन्नू नै घिमिरे कुलकाे विशेषता हाे।त्यसैले छपाउनु हुन्न भन्ने प्रमाणित गर्नु भएकाेले साेहि सम्वन्धि जानकारीकाे लागि सम्बन्धित संस्था लगायत वन्धुवान्धवहरुमा जानकारी गराइन्छ।