घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

७ ) महोत्तरी

महोत्तरी जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

महोत्तरी जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको सचिवको पहल र तत्परतामा २०७० पौष १३ गते, शनिवारका दिन महोत्तरीको बर्दिवासमा भएको घिमिरे भेलाले श्री प्रेमलाल घिमिरे ९७४४०३७२२० को संयोजकत्वमा “महोत्तरी जिल्ला घिमिरे समन्वय समिति” गठन भएको जानकारी गराइन्छ । सो कार्यक्रमको अध्यक्षता श्री ओमप्रकाश घिमिरेले गर्नु भएको थियो र सो कार्यक्रममा रौतहट जिल्ला घिमिरे समन्वय समितका संयोजक श्री हरि प्रसाद घिमिरे ९८४५०६००६४ अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । सो कार्यक्रममा महोत्तरी जिल्लाका खयरमारा, माईस्थान, गौरीवास र बर्दिवासका घिमिरेहरुको उपस्थिती रहेका थियो । सो गठित समन्वय समितिले सचिव र केन्द्रिय प्रतिनिधीमा श्री कुमार घिमिरे ९८४४१९२९२१ र केन्द्रिय प्रतिनिधीमा श्री नवराज घिमिरे ९८४४१६८८९९ लाई समेत मनोनयन गरेको छ ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क राख्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला । 

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री प्रेमलाल घिमिरे अध्यक्ष, ९७४४०३७२२०