An initiative to making unity of Ghimire from all around the world.

हाम्रो बारेमा

काश्यप गोत्रीय हामी “घिमिरे” बन्धुहरु काश्यप ऋषिका सन्तान भएको कुरा मानिदै आएतापनि “घिमिरे” थर कसरी रह्यो भन्ने सन्दर्भमा विभिन्न कथनहरू रहेका छन् ।  उज्जैनमा “व्यास” थरले चिनिएका पुर्खाहरु मुसलमानको दबावका कारणले आफ्नो धर्म, संस्कृती, रितीरिवाज, चालचलन आदि छोड्न नसकि उत्तराखण्डको बाटोबाट नेपालको पश्चिमी भू–भाग तिर पर्ने अल्मोडा, कुमाऊँ हुँदै बाट सिंजा क्षेत्र तिर बसोवास गर्दा जोशी, लगाएत अन्य विभिन्न थरहरुबाट परिचित भएका र बिभिन्न कारणले विचरणको शिलशिलामा पूर्वतर्फ लाग्दै गर्दा गुल्मीको घमिरमा आई बसोबास गर्न थालेपछि "घमिरे" शब्द अप्रभंश भई “घिमिरे” थर कहलिएको भन्ने एकथरी भनाई छ भने लमजुङको बाहुनडाँडा पुस्तुन स्थित “घेर्मु” वा कालिकोटको “घेरुङ” मा बसोवास गर्न थालेपछि अपभ्रंश भई “घिमिरे” थर कायम हुन आएको भन्ने किंम्बदन्ती पनि रहेको पाइन्छ ।  यी बिभिन्न कथनहरुको सत्य तथ्थवारे खोजविन र अनुुसन्धानको अभिलाषा र प्रयास प्रायः सबै क्षेत्रका घिमिरेबन्धुहरुबाट भए गरेको पाइन्छ ।

यसरी विभिन्न स्थानमा छरिएर रहेका काश्यप गोत्रीय घिमिरेबन्धुहरुको ऐतिहासिक, धार्मिक–सांस्कृतिक, सामाजिक अवस्थाको खोजबिन, अध्ययन र अनुसन्धान समन्वयात्मक रुपमा गर्न तथा सबै बन्धुहरुको वंशावली तयार गराई एकीकृत बंशावली प्रकाशन समेतका कार्यमा समन्वय गरी विश्व भरी छरिएर रहेका घिमिरेबन्धुहरुलाई एकबद्ध गरी सहकार्य गर्ने अभिप्रायले घिमिरेसँग सम्बन्धित विभिन्न प्रतिष्ठान, परिषद्, समाज, समूह, समिति वा संस्थाहरुलाई राष्ट्रिय रुपमा आबद्ध गरी छाता संगठनको रुपमा (महासंघको) कार्य गर्ने संस्थाको आवश्यकता महशुस भएकोले संस्था दर्ता ऐन २०३४ अनुसार “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान” (Ghimire Bandhu National Foundation) नामको यो संस्था दर्ता गरी सञ्चालन गरिएको हो ।

Learn More

Organization Structure

घिमिरे बन्ध राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु 

वर्तमान केन्द्रीय परिषद

सल्लाहकार सदस्यः

श्रीप्रसाद घिमिरे(एस.पी.“आसा, ऐतिहासिक साहित्यकार, काठमाण्डौ

केन्द्रीय परिषद् सदस्यहरु

अध्यक्ष

  •  श्री चेतनाथ घिमिरे,  झापा (९८५१०४२००२)

उपाध्यक्षहरु

  • श्री डिल्लीप्रकाश घिमिरे (प्रथम उपाध्यक्ष), पाँचथर ( ९८४१२८३९०४)
  • श्री चन्द्र कुमार घिमिरे (द्वितीय उपाध्यक्ष), सुनसरी (९८४१३६८८०६)
  • श्री मुकुन्दराज प्रकाश घिमिरे (तृतीय उपाध्यक्ष), लमजुङ्ग (९८५१०४०९७०)

महासचिव

  • श्री रामशरण घिमिरे, लामाटार, ल.पु. (९८६०३१०६१०)

सह–महासचिव 

  •  श्री महेश्वर घिमिरे, गोरखा (९८४१४२४९६२)

सचिव

  • श्री अजय घिमिरे, चितवन (९८४५०५१२०५)

कोषाध्यक्ष

  • श्री पुण्यप्रसाद घिमिरे, ईलाम (९८५११६००२९)

सह–कोषाध्यक्ष

  • श्री राम प्र. घिमिरे, लमजुङ्ग (९८५१०८४०६२)

   सहायक सचिव      

  • श्री श्रीधर घिमिरे, दाङ (९८५११०४६१५ )   

सदस्यहरु

  • श्री रमेश घिमिरे,  लेले, ल.पु.  (९८५११४८५९८)

  • श्री शम्भु घिमिरे, ओखलढुङ्गा  (९८४९८५०४२६)

  •  श्री ईश्वरी प्र. घिमिरे, गोरखा            (९८४१३९८८२४)

  •  श्री देबेन्द्रराज घिमिरे,   दोलखा            (९८५१०५०७१०)

  • श्री हिरा घिमिरे रेग्मी,  लमजुङ्ग            (९८४६१८१५६९)

  •   श्री कपील घिमिरे, तनहुँ               ( ९८५१०४९५११)

  • श्री मुकुन्द घिमिरे,   काठमाण्डौ          (९८५१०६५८७०)

  • श्री लोकराज घिमिरे,  गुल्मी                (९८५१०८९०९८)

  •  श्री बिमला पौडेल घिमिरे,   धनकुटा            (९८४१५३०६५७)

  •  श्री शालिकराम घिमिरे, काभ्रे                (९८४१२०५८१५)

  •  श्री जगदीश्वर घिमिरे,   ल.पु.  लामाटार       (९८४१६८७६९८)

सदस्यहरु

  • श्री बासुदेब घिमिरे , काठमान्डौ (९८४१४८३६९३ )

  • श्री ऋषिराम घिमिरे, भक्तपुर (९८६९१७४००४ )

  • श्री विश्वराम थापा घिमिरे, भक्तपुर (९८४१३८०७३१ )

  • श्री ए. बि. बिष्ट घिमिरे, खोटाङ (९८४१३२७५२८ )

  • श्री कृष्ण कुमारी के सी घिमिरे, काठमान्डौ (९८४११५४६२९ )

  • श्री गोपाल घिमिरे, अर्घाखाँची (९८४१२७१३३३ )

  • श्री अनिल कुमार शर्मा घिमिरे, दाङ (९८५७८३०२२३ )

  • श्री नेत्रराज घिमिरे, रौतहट (९८४५१५९१३२ )

  • श्री इश्वरीराज घिमिरे, रामेछाप (९८५१०९१५७८ )

  • श्री बद्रीनाथ घिमिरे, तनहुँ  (९८४१५५१४३८ )

  • श्री पुरुषोत्तम घिमिरे, पाल्पा (९८४१२७८६०० )

  • श्री बीर बहादुर घिमिरे, सुर्खेत (९८४९७८२६२२ )

  • श्री शुशीला घिमिरे, काठमान्डौ (९८६०९२८१६६ )

  • श्री कमला घिमिरे, पाल्पा  (९८४१६६५३०१ )

उप समितिहरु 

IT उप-समिति

  • खेमराज घिमिरे, अर्घाखाँची (९८५११२६३२८ )

  • जयराम घिमिरे 

  • सुबोध घिमिरे 

Please Click Here For More Details

Please Click Here For More Details

निमन्त्रणा र जानकारी ।                                            

निमन्त्रणा र जानकारी ।

शरदीय चाडपर्वकाे शुभकामना, "स्मारिका-२०८०" काे विमाेचन, प्रतिष्ठानको आजिवन सदस्य, ८० बर्ष पुग्नुभएका जेष्ठ बन्धुहरु तथा SEE मा 4GPA ल्याएका घिमिरे बाबु-नानीहरु र सगरमाथा आरोहण गर्ने घिमिरे बन्धुलाई मान-सम्मान गर्ने कार्यक्रम असाेज ३ गते Awareness International school-[A.I.A. School] काठमाडौं-३१, शंखमुलमा बिहान ११:०० बजे हुँदैछ। त्यसैले SEE मा 4GPA ल्याएका घिमिरे बाबु नानीहरुकाे Mark sheet विवरणहरु ghimire.rastriyapratisthan@gmail.com मा भाद्र १५ गतेसम्म पठाउनु हुन र साे कार्यक्रममा सहभागी हुन सम्पूर्ण बन्धु-बान्धवहरुलाई निमन्त्रणा गर्दछौँ ।

  • जिल्ला भित्र रहेका घिमिरे बन्धु-बान्धवहरुका बिभिन्न समितिहरुबाट २०७५ सालदेखि के के कार्यक्रम, कहाँ, कहिले सामूहिक सामाजिक गतिविधिहरु र क्रियाकलापहरू भएको थियो (?)

    नमस्कार बन्धुहरु । जिल्ला भित्र रहेका घिमिरे बन्धु-बान्धवहरुका बिभिन्न समितिहरुबाट २०७५ सालदेखि के के कार्यक्रम, कहाँ, कहिले सामूहिक सामाजिक गतिविधिहरु र क्रियाकलापहरू भएको थियो (?) यस प्रतिष्ठानबाट प्रकाशित गरिने "स्मारिका -२०८०" मा प्रकाशित गरिने भएकोले यस प्रतिष्ठानकाे ghimire.rastriyapratisthan@gmail.com मा नेपालीमा type गरेर digital version २०८० असारसम्ममा पठाउनु हुन जानकारी र अनुरोध । २०७४ सालसम्मकाे गतिविधि र क्रियाकलापहरूको विवरणहरु स्मारिका -२०७४ मा प्रकाशित भएकोले त्यसपछिकाे विवरणहरु प्रकाशित हुने व्यहोरा जानकारीकाे लागि स्मरण गराउन चाहन्छाैं ।

  • Socio-anthro (मानव-समाज शास्त्रीय) group काे बैठक सम्पन्न ।

    Socio-anthro (मानव-समाज शास्त्रीय) group काे बैठक सम्पन्न । घिमिरे बन्धु-बान्धवहरुका पुर्खाहरुको सामाजिक सामूहिक याेगदानहरुकाे खाेजबिन, धर्म संस्कृति रीतिरिवाज परम्परा...आदिका बारेमा खाेज अनुसन्धान गरि सत्यता र तथ्यपरक विवरणहरु जानकारी गर्ने गराउने सम्बन्धमा २०८० असार १३ गते, बुधबार घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका तृतीय उपाध्यक्ष श्री मुकुन्दराज प्रकाश घिमिरेकाे संयाेजकत्वमा sociology & anthropology group काे बैठक बस्यो । पाटन क्याम्पसका समाजशास्त्रीय शिक्षक श्री हरिहर घिमिरे, मानव र समाज शास्त्री अध्ययन गर्नु भएको प्रतिष्ठानको आजीवन सदस्य श्री गणेश घिमिरे (इलाम) सहित प्रतिष्ठानका र अन्य बन्धुहरुको समेत साे छलफलमा सहभागीता रहेको थियो । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित "प्रथम स्मारिका-२०७१" र "दाेश्राे स्मारिका-२०७४" साथै प्रतिष्ठानमा संकलित नेपाल भरिका "घिमिरे वंशावली" हरुकाे अध्ययन गरि साे बिषयमा अगाडि बढ्ने निर्णय गरियो ‌। साथै यस बिषयसँग सम्बन्धित विवरणहरुमा इच्छुक र जानकार बन्धु-बान्धवहरुलाई समेत सहयोग गर्न जानकारी र अनुरोध गर्ने निर्णय गरिएको हुँदा इच्छुक र सराेकारवाला बन्धु-बान्धवहरूले आफ्नो विवरण सहित ghimire.rastriyapratisthan@gmail.com मा सम्पर्क गरि काममा सहयोग गर्न जानकारी र अनुरोध।

  • विज्ञापन उपलब्ध गराउने बारेमा।

    विज्ञापन उपलब्ध गराउने बारेमा।

     

     

     

    घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट देशभरका सबै घिमिरे बन्धु-बान्धवहरुका २०७५-२०८० सम्मका सामूहिक सामाजिक गतिविधि र क्रियाकलापहरूको विवरणहरु संग्रह गरेर प्रकाशित हुन लागेको "स्मारिका-२०८०" मा २०८० भाद्र १५ गतेसम्म ghimire.rastriyapratisthan@gmail.com मा विज्ञापन उपलब्ध गराइ काममा समन्वय र सहकार्यका साथै सहजीकरण र सहयोग गर्न गराउनु हुन जानकारी र अनुरोध।

  •  "तेश्रो स्मारिका-२०८०" काे लागि निम्नानुसारको विवरण र लेख रचना उपलब्ध गराउन जानकारी र अनुरोध ।

     "तेश्रो स्मारिका-२०८०" काे लागि निम्नानुसारको विवरण र लेख रचना उपलब्ध गराउन जानकारी र अनुरोध ।

    घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट २०७१ मा प्रथम र २०७४ मा दाेश्राे स्मारिका प्रकाशन भएको थियो । अब निकट भविष्यमा तेश्रो स्मारिका-२०८० प्रकाशित गरिने तर्फ प्रतिष्ठान अगाडि बढीरहेको जानकारी गराइन्छ । साे स्मारिकामा २०७४ चैतदेखि अहिलेसम्म साे जिल्लामा (घिमिरे बन्धु-बान्धवहरुका) कहाँ कहाँ कहिले के कस्ता सामूहिक सामाजिक गतिविधिहरु र क्रियाकलापहरू सन्चालन भएको थियो (?), अहिलेकाे जिल्ला तथा स्थानीय स्तरीय घिमिरे समन्वय समितिको सन्चालक कार्य समिति आदिको नामथर , पद, ठेगाना र सम्पर्क नम्बरहरु तथा email address पनि नेपालीमा computer type गरि पठाउनु होला, साथै GBNF का संस्थापक अध्यक्ष स्व. माधव प्रसाद घिमिरे स्मृती विशेष लेख रचना पनि समावेश गरि प्रकाशन गरिने योजना रहेकोले तपाईं बन्धुहरुले उहाँसँगकाे नेतृत्वमा Ghimire Bandhu National Foundation -[GBNF] का गतिविधि र क्रियाकलापहरूमा सहकार्य गर्दा आफूलाई लागेका संस्मरण, भावनाहरूका सँगालो (लेख, रचना आदि...) लेखी २०८० असारमसान्तसम्ममा नेपाली भाषामा computer type गरि प्रतिष्ठानको ghimire.rastriyapratisthan@gmail.com मा उपलब्ध गराउनु हुन सम्बन्धित सबै इच्छुक र सराेकारवाला बन्धु-बान्धवहरूलाई जानकारी र अनुरोध छ ।

  • "स्मारिका -२०८०" काे सम्पादन समितिको छलफल ।

    "स्मारिका -२०८०" काे सम्पादन समितिको छलफल । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित गरिने "स्मारिका-२०८०" को काम अगाडि बढाउन साे प्रकाशन समितिकाे छलफल भइरहेको छ । त्यसैले बन्धुहरुले आफ्ना जिल्ला तथा स्थानीय स्तरीय समन्वय समितिको एवं साे जिल्लामा बन्धुहरुकाे सामूहिक सामाजिक गतिविधिहरु, क्रियाकलापहरूको बारेमा र प्रतिष्ठानको संस्थापक अध्यक्ष स्व. माधव प्रसाद घिमिरेसँगकाे संस्मरण लेख रचना भए यथाशक्य चाँडो २०८० असार मसान्तसम्म नेपालीमा type गरि ghimire.rastriyapratisthan@gmail.com मा digital version पठाउनु हुन जानकारी र अनुरोध।

  • सिन्धुली जिल्लामा प्रथम अधिवेशन सम्पन्न ।

    सिन्धुली जिल्लामा प्रथम अधिवेशन सम्पन्न । २०८० असार २ गते शनिबार घिमिरे बन्धु राष्ट्रिय प्रतिस्ठान सिन्धुली जिल्लाको प्रथम अधिवेशन सिन्धुली माडीमा सम्पन्न भयो । सिन्धुलीबाट प्रतिनिधि सभामा निर्वाचित माननीय सांसद श्री श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न साे कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका तृतिय उपाध्यक्ष्य श्री मुकुन्दराज प्रकाश घिमिरे, सचिव श्री अजय घिमिरे र के. सदस्य श्री जगदिस्वर घिमिरेकाे बिशेष अतिथिसहित स्थानीय बन्धु-बान्धवहरु सम्मिलित सो कार्यक्रममा श्री नानी बाबु घिमिरेको अध्यक्ष्यतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भयो । निर्वाचित बन्धुहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो साथै साे अवसरमा केन्द्रबाट प्रकाशित पहिलो, दोश्रो स्मारिका बंशावली अभिलेख पुस्तिका, ब्रोसर र इतिहासले बिर्सिएका ब्यक्तित्व: कुस्माखर घिमिरे नामक ग्रन्थ केन्द्रका तृतिय उपाध्यक्ष मुकुन्दराज प्रकाश ज्युबाट जिल्ला अध्यक्ष नानी बाबु घिमिरेलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमकाे महत्व र खाँचो बारेमा जानकारी गराउनु भएको थियो भने अन्य वक्ताहरुले प्रतिष्ठानको गतिविधि र क्रियाकलापहरूको बारेमा जानकारी माग गर्नु भएको थियो । केन्द्रीय सदस्य, सचिव र तृतिय उपाध्यक्षले वंशावली, कुलपूजा, केन्द्रका गतिविधि र २०८० मा प्रकाशित हुने स्मारिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

    अन्य जिल्लाहरुमा पनि बन्धु-बान्धवहरुकाे भेला गराई अधिवेशन गर्न पर्ने भए कार्यक्रम तय गरि अगाडि बढ्न जानकारी र अनुरोध । अन्य थप जानकारीकाे लागि ghimire.rastriyapratisthan@gmail.com मा सम्पर्क गर्न समेत अनुरोध। निर्वाचित बन्धुहरुको सफल कार्यकालकाे हार्दिक मंगलमय शुभकामना ।

  • महोत्तरी जिल्लाको दाेश्राे अधिवेशन बर्दिवास स्थित होटल गौरी शंकरमा सम्पन्न ।

    २०८० असार १ गते शुक्रबार घिमिरे बन्धु राष्ट्रिय प्रतिस्ठान महोत्तरी जिल्लाको दाेश्राे अधिवेशन बर्दिवास स्थित होटल गौरी शंकरमा सम्पन्न भयो । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका तृतिय उपाध्यक्ष्य श्री मुकुन्दराज प्रकाश घिमिरेको प्रमुख आतिथ्यमा सन्चालित साे कार्यक्रममा प्रतिष्ठानका सचिव श्री अजय घिमिरे र के. सदस्य श्री जगदिस्वर घिमिरेसहित स्थानीय बन्धु-बान्धवहरु सम्मिलित सो कार्यक्रम श्री नारायण घिमिरेले सन्चालन गर्नुभएको थियो । उक्त कार्यक्रम्मा श्री प्रेम घिमिरेको अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भयो । केन्द्रबाट प्रकाशित पहिलो, दोश्रो स्मारिका बंशावली अभिलेख पुस्तिका, ब्रोसर र २०८० सालको भित्ते पात्रो (calendar) केन्द्रका तृतिय उपाध्यक्ष मुकुन्दराज प्रकाश ज्युबाट जिल्ला अध्यक्ष प्रेम घिमिरेलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम्मा के .सदस्य, सचिव र तृतिय उपाध्यक्षले वंशावली, कुलपूजा, केन्द्रका गतिविधि र २०८० मा प्रकाशित हुने स्मारिकाको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमका केही गतिविधिहरु।

    अन्य जिल्लाहरुमा पनि बन्धु-बान्धवहरुकाे भेला गराई अधिवेशन गर्न पर्ने भए कार्यक्रम तय गरि अगाडि बढ्न जानकारी र अनुरोध । अन्य थप जानकारीकाे लागि ghimire.rastriyapratisthan@gmail.com मा सम्पर्क गर्न समेत अनुरोध।

  • The pride of Ghimire

    June 5 at 1:50 PM  · 

    The pride of Ghimire

    Pride of Jhamsikhel

    Jhamsikhel, Lalitpur, Dr. with permanent house. Abhyu Ghimire has successfully climbed the world's highest peak Everest on last Jestha 22 morning. Dr. who climbed Everest along with 4 Nepalese including 4 foreigners. Ghimire is a doctor of Mountain Medical Institute of Namche by profession. His ancestral home is Sankhuwasabha, Khandwari Malta. Our friend Ganesh Ghimire and Pramila Ghimire's son Dr. Abhyu Ghimire's grandfather late. Gyan Bahadur Ghimire and grandmother Yogmaya Ghimire are permanently living in Jhamsikhel, Lalitpur.

  • समवेदना र श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ।

    समवेदना र श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ।


    यस प्रतिष्ठानका पूर्व कोषाध्यक्ष श्री नारायण प्रसाद घिमिरेकी ममतामयी माता एवं यस प्रतिष्ठानको गतिबिधी र क्रियाकलापहरुलाई अगाडि बढाउने हेतु प्रतिष्ठानको स्थायी कोष स्थापनाको ब्यवस्था मिलाउन सहयोग गर्नु भई प्रतिष्ठानको काममा प्रोत्साहन गर्नु हुने आदरणीय टुकुनादेवी घिमिरे माताको  असामयिक निधन प्रति दुख व्यक्त गर्नुका साथै उहाँको जेठा छोराको घर बुद्धनगर, काठमाण्डौमा किरिया बसिएको स्थानमा हार्दिक समवेदना तथा श्रद्धाञ्जली कार्यक्रममा प्रतिष्ठान र काश्यप बहुउद्देश्यीय सहकारीका बन्धु-बान्धवहरुको सहभागितामा २०८० जेष्ठ ५ गते समवेदना तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । 

  • धर्मस्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको बैठक सम्पन्न ।

    धर्मस्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको बैठक सम्पन्न ।

    प्रतिष्ठानका सल्लाहकार सवोच्च अदालतका पूर्व न्यायाधिश माननीय श्री शारदा प्र. घिमिरेको निमन्त्रणामा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको बैशाख महिनाको नियमित मासिक बैठक अध्यक्ष श्री चेतनाथ घिमिरेको अध्यक्षतामा २०८० बैशाख २९ गते, शुक्रबारका दिन धर्मस्थली, काठमाण्डौमा सम्पन्न भयो । सो अवसरमा धर्मस्थलीको महाँकाल मन्दिरमा पनि दर्शन गर्ने अवसर जुटेको थियो ।

    यस कार्यमा सम्पूर्ण व्यवस्थापन गर्नु गराउनु हुने शारदा प्र. बन्धु लगायत कार्यक्रमको शोभा बढाउन आउनु हुने बिभिन्न क्षेत्रका बन्धुबान्धवहरु प्रति हार्दिक आभारसहित धन्यवाद ।

  • घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको केन्द्रीय परिषद्को त्रैमासिक बैठक र वनभोज (Picnic) कार्यक्रम सम्पन्न ।

    घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको केन्द्रीय परिषद्को त्रैमासिक बैठक र वनभोज (Picnic) कार्यक्रम सम्पन्न ।
    २०८० बैशाख २ गते, शनिबारका दिन घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको केन्द्रीय परिषद्को त्रैमासिक बैठक र वनभोज (Picnic) कार्यक्रम महालक्ष्मी न.पा.–९, ढिकस्पामा हाम्रा पुर्खा नामाषर पाध्या (घिमिरे) का छोरा दामोदरका नाति नेबुनन्दले बि.सं. १७७८ मा बनाउनु भएको “काशी विशेस्वर महादेवको मन्दिर” को प्राङ्गण तथा सो स्थानमा रहेको फराकिलो पँधेरोमा सम्पन्न भयो ।
    सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार सर्वोच्च अदालतका पूर्व न्यायाधिश श्री शारदा प्र. घिमिरे, प्रथम र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, सह–कोपाध्यक्ष, ल.पु. तथा काभ्रेपलाञ्चोक घिमिरे समन्वय समितिका अध्यक्षहरु श्री कपिल घिमिरे तथा श्री चेत प्रसाद घिमिरेसहित अन्य पदाधिकारी तथा बन्धु–बान्धवहरुको उपस्थितीमा पानसमा बत्ती बाली घिमिरे कुल देवताको आराधाना गरि एकापसमा परिचय कार्यक्रमसहित प्रतिष्ठानको विगतमा गरिएका गतिविधी र क्रियाकलापहरुमा मूल्याङ्कन (समिक्षा) गरि आ–आफ्नो राय–सल्लाह, सुझाव दिने र आगामी कार्यक्रमहरुमा सुधार गरि अगाडि बढ्ने सन्दर्भमा छलफल गरियो ।
    साथै सो कार्यक्रममा प्रतिष्ठानको गतिबिधी र क्रियाकलापहरुलाई निरन्तरता दिनको लागि प्रतिष्ठानको सचिवालयको काममा सघाऊ पुर्याउने उद्देश्यले स्थापित गरिएको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं प्रतिष्ठानका महासचिव श्री रामशरण घिमिरेले सो सहकारीको बारेमा जानकारी गराई सबै बन्धुबान्धवहरुलाई होस्टेमा हैंसे गरि सहयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।
    घिमिरे कुलायन समाजका अध्यक्ष श्री केदार प्रसाद घिमिरेको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरे रहनु भएको थियो ।
    कार्यक्रम पूर्व घिमिरे कुलायन समाजका बन्धुहरुको ब्यवस्थापन र आयोजनामा गरिएको उक्त वनभोज कार्यक्रममा खाजा खाएपश्चात काशी विशेश्वर महादेवको मन्दिरभन्दा करिब आधा घण्टाको पैदल दुरीमा रहेको करिव ३ शताब्दी पूर्वदेखि घिमिरे बन्धु–बान्धवहरुले कुल पूजा गरिंदै आइएको मानिएको सो कुल मन्दिरमा हाल ३०० भन्दा बढी र देउरालीमा रहेको पत्थरको मौलो तथा काशी विशेश्वरको मन्दिरमा रहेको शिलालेखको पनि अवलोकन गरि सो को बारेमा पनि जानकारी लिइयो । वनभोजको दौरानमा सो स्थानमा अहिले वनमा पाइने ऐंसेलुको बन्धु–बान्धवहरुले टिपेर एकापसमा चखाउनु भएको रमाइलो क्षण पनि थियो ।
    सो कार्यक्रमको आयोजना र व्यवस्थापन गर्ने घिमिरे कुलायन समाजका सबै बन्धुहरु तथा प्रतिष्ठानको गतिबिधी र क्रियाकलपाहरुमा चासो लिई कार्यक्रमलाई सफल बनाउनु हुने सबैमा हार्दिक आभारसहित धन्यवाद  ज्ञापन गरिएको थियो ।

    कार्यक्रमका केही झलकहरु पनि समावेश गरिएको छ ।

  • "सम्मान", "नयाँ बर्षको शुभकामना" तथा "वंशावली" र "पुस्तक" लोकार्पण कार्यक्रम सम्पन्न ।

    "सम्मान", "नयाँ बर्षको शुभकामना" तथा "वंशावली" र "पुस्तक" लोकार्पण कार्यक्रम सम्पन्न ।
    २०७९ चैत्र २५ गते प्रतिनिधी सभाका सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यता तथा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरेको सभापतित्वमा प्रतिष्ठानबाट ७ जना बन्धुहरुलाई जेष्ठ नागरिक र १ जनालाई आजिवन सदस्यता सम्मान प्रमाणपत्र हस्तान्तरण गरि, नयाँ बर्ष–२०८० को शुभकामना  आदानप्रदान गरि तथा ढाक्रेपानी, हर्मी, गारेरखाको घिमिरे वंशावली र श्री रोहिणी घिमिरेबाट संकलित, लिखित र प्रकाशित धर्म विज्ञान नामक पुस्तक तथा प्रतिष्ठानबाट प्रकाशित भित्तेपात्रो–२०८०को लोकार्पण कार्यक्रम सम्पन्न भयो । 
    सो कार्यक्रममा प्रतिनिधी सभाका सदस्यहरु श्री बासुदेव घिमिरे, श्री श्याम प्रसाद घिमिरे, बाग्मती प्रदेश सभाका उपसभामुख श्री अप्सरा चापागाईं घिमिरे, सर्वोच्च अदालतका पूर्व न्यायाधिश माननीय श्री शारदा प्र. घिमिरे, जिल्ला समन्वय समिति महासंघका महासचिव श्री अशोक घिमिरेसहितका बिभिन्न जिल्ला तथा स्थानीय घिमिरे समन्वय समितिका अध्यक्ष तथा सदस्यहरु , स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुसहित बिभिन्न जिल्लाका बन्धु-बान्धवहरु करिब २५० जना जतिको उपस्थिती रहेको थियो । प्रतिष्ठानमा रामेछापबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्य श्री इश्वरीराज घिमिरेको उद्घोषणमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षबाट आर्थिक जानकारी गराइ उपस्थित सबै उपस्थित बन्धु-बान्धवहरुको परिचय सहित कार्यक्रम सम्पन्न भएको थियो ।
    सो सम्बन्धी अन्य थप विस्तृत जानकारी तथा विवरण पछि क्रमशः जानकारी गराउँदै गइनेछ ।
    उपस्थित सबै बन्धु-बान्धवहरुलाई प्रतिष्ठानको तर्फबाट हार्दिक आभारसहित धन्यवाद ।
    कार्यक्रमका केही झलकहरु सम्प्रेषण गरिएको छ ।

  • "आजिवन सदस्यता'' प्रदान  ।                                                      

    "आजिवन सदस्यता'' प्रदान  ।                                                                                                      
    पाल्पा हाङ्गादी घर भई हाल बनस्थली, काठमाडौं बसाेवास गर्नुभएकी श्री कमला घिमिरेले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको आजिवन सदस्यताको लागि अनुरोध गर्नु भई प्रक्रिया पुरा गर्नु  भएकोले उहाँलाई हार्दिक धन्यबाद सहित आजिवन सदस्यता प्रदान गर्ने निर्णय गरियो ।                             
       साे सदस्यताकाे लागि अन्य  इच्छुक बन्धु-बान्धवहरुले  पनि ghimire.rastriyapratisthan@gmail.com मा वा प्रतिष्ठानमा सम्पर्क गर्नुहुन वा अन्य थप जानकारीको लागि  https://www.facebook.com/groups/ghimirepratisthannepal   वा  www.ghimirebandhu.org.np  हेर्नु हुन समेत जानकारी र अनुरोध ।

  • दाङ जिल्ला घिमिरे समन्वय समिति (घिमिरे समाज दाङ) सँग भेटघाट ।


    घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सचिवले "घिमिरे समाज दाङ (दाङ जिल्ला घिमिरे समन्वय समिति)" का अध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्षसहितका बन्धुहरुसँग भेटघाट गरि सो जिल्लामा सो समाजले र  प्रतिष्ठानले गरेका आ-आफ्ना गतिविधि र क्रियाकलापहरूको बारेमा एकापसमा जानकारी गर्ने गराउने काम भयो ।
    सो अवसरमा घिमिरे समाज दाङबाट प्रतिष्ठानको लुम्बिनी प्रदेश स्तरीय छलफल र बैठकको लागि सो प्रदेशका सम्पूर्ण जिल्लाहरूलाई समेत समेटेर सो समाजको व्यवस्थापनमा दाङमा कार्यक्रम गर्ने चाँजोपाँजो मिलाउन जानकारी र अनुरोध गर्नुभएकोमा सो बारेमा प्रतिष्ठानमा छलफल गरि सो समाजलाई जानकारी गराउने  अनुरोध गरियो ।
    साथै सो अवसरमा घिमिरे समाज दाङको चौपट्टा स्थित घिमिरे धार्मिक वनको अवलोकन गरि सो वनमा रहेको घिमिरे कुल देवता मन्दिरमा दर्शन समेत गरिएको थियो ।

  • निमन्त्रणा र जानकारी ।

    निमन्त्रणा र जानकारी ।          
                                                                                                        शरदीय चाडपर्वकाे शुभकामना, "स्मारिका-२०८०" काे विमाेचन, प्रतिष्ठानको आजिवन सदस्य, ८० बर्ष पुग्नुभएका जेष्ठ बन्धुहरु तथा SEE मा 4GPA ल्याएका घिमिरे बाबु-नानीहरु र सगरमाथा आरोहण गर्ने घिमिरे बन्धुलाई मान-सम्मान गर्ने कार्यक्रम असाेज ३ गते Awareness International school-[A.I.A. School] काठमाडौं-३१, शंखमुलमा बिहान ११:०० बजे हुँदैछ। त्यसैले SEE मा 4GPA ल्याएका घिमिरे बाबु नानीहरुकाे Mark sheet  विवरणहरु  ghimire.rastriyapratisthan@gmail.com मा भाद्र १५ गतेसम्म  पठाउनु हुन र साे कार्यक्रममा सहभागी हुन सम्पूर्ण बन्धु-बान्धवहरुलाई निमन्त्रणा गर्दछौँ ।

  • निमन्त्रणा । निमन्त्रणा । । निमन्त्रणा । । ।

    l3ld/] aGw' /fli6«o k|lti7fg [Ghimire Bandhu National Foundation-(GBNF)]] sf] lgDg sfo{qmd lgDg ldlt, ;do / :yfgdf ;Dk"0f{ l3ld/] aGw–'afGwjx?nfO{ pkl:yt x'g hfgsf/L / lgdGq0ff ul/G5 .

    sfo{qmdsf] ljj/0fM– -!_ :yfkgf lbj;, gofF aif{ @)*) sf] z'e–sfdgf cfbfg–

     k|bfg, leQ]kfqf] (Calendar)-@)*) sf] nf]sfk{0f  

     nufotsf sfo{qmdx?

    :yfgM– g]kfn k|1f k|lti7fgsf] ejg, (सिद्धिचरण हल) sdnfbL, sf7df08f}

    ldltM– @)&( r}q @% ut], zlgaf/

    ;doM– laxfg !!M#) ah]

     

  • घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान सिन्धुलीको तदर्थ समिति गठन

    आज मिति २०७९/११/१३ गते सिन्धुली जिल्लाबासी घिमिरे बन्धुहरुको प्रारम्भिक भेलाले तपशिलमा उल्लेखित पदाधिकारी सदस्यहरू रहने गरी घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान सिन्धुलीको तदर्थ समिति गठन गरेको छ / 

     

    १) नानीबाबु घिमिरे          अध्यक्ष        दुधौली पा सिन्धुली               ९८४४०४११८७

    २) डिल्ली सौगात घिमिरे    उपाध्यक्ष     दुधौली सिन्धुली                        ९८६४०४२७००

    ३) रमेश कुमार घिमिरे      सचिव        गोलान्जोर सिन्धुली                   ९८५११५९०८४

    ४) लक्ष्मी पोखरेल घिमिरे   कोषाध्यक्ष   तिनपाटन सिन्धुली                ९८६४०४९६४०

    ५) शैलेन्द्र घिमिरे            सह सचिव   दुधौली सिन्धुली                   ९८४४१५६५६१

         

    सदस्यहरू

     

    १) सन्तोष घिमिरे                             कमलामाई पा सिन्धुली           ९८६५१४३२१०

    २) टी एन घिमिरे 

    ३) वेग बहादुर घिमिरे                       फिक्कल

    ४) अर्जुन कुमार घिमिरे                     तीनपाटन सिन्धुली                    ९८४४४२२२२०

    ५) प्रदीप घिमिरे                             दुधौली सिन्धुली                        ९८४३४५८६७१

    ६) नबराज घिमिरे                            कमलामाई सिन्धुली                 ९८४४१४३५५३

     

  • स्थानीय तहमा निर्वाचित घिमिरे जन प्रतिनिधीहरुको विवरणः

    घिमिरे बन्धुहरुका IT वाला बन्धुहरुले गर्नुभएका data analysis अनुसार स्थानीय तहमा निर्वाचित घिमिरे जन प्रतिनिधीहरुको विवरणः
    गाउँपालिका अध्यक्षः– १ जना
    गाउँपालिका उपाध्यक्षः– १ जना
    वडा अध्यक्षः– ४० जना
    सदस्यहरुः– ९५ जनामध्ये (५ जना दलित महिला)
    महिलाः– ३२ जना
    पुरुषः– १०५ जना 
     

  • २०८० को भित्तेपात्रो (Calendar) प्रकाशनको लागि Photo र Caption तथा आवस्यक परिमाण उपलब्ध र जानकारी गराउने सम्बन्धमा ।

     

    बिभिन्न जिल्लाहरुमा रहे-बसेका बन्धु-बान्धवहरुले गरेका सामूहिक गतिबिधीहरु समेटिएर Ghimire Bandhu National Foundation [GBNF] ले बिगत बर्षहरुमा झैं भित्तेपात्रो (Calendar)- २०८० प्रकाशित गरिने भएकोले आफ्नो क्षेत्रमा घिमिरे बन्धु-बान्धवहरुले गर्नु भएको सामूहित गतिबिधीहरु, पुर्खाहरुले निर्माण गर्नुभएका मठ-मन्दिर, पाटी-पौवा, तलाऊ-पोखरी, चौतारी, धर्मशाला, साँघु, पाठशाला आदिहरु.... को Photo र सो को Caption यस प्रतिष्ठानको ghimire.rastriyapratisthan@gmail.com मा  पठाउनु होला । उपलब्ध भएका विवरणहरु संग्रह गरि GBNF को छलफलबाट ती विवरणहरु भित्तेपात्रो (Calendar)- २०८० मा राखिने छन् ।

    साथै कुन कुन जिल्लामा कुन कुन घिमिरे समुूहहरु, ब्यक्तिहरुलाई कति थान भित्तेपात्रो (Calendar)- २०८० चाहिन्छ (?) लैजाने ब्यवस्था आँफैले गर्ने गरि सो पनि ghimire.rastriyapratisthan@gmail.com मा वा GBNF केन्द्रीय परिषद् वा बिभिन्न उप-समितिका बन्धुहरुसँग सम्पर्क राख्नु भई विवरण उपलब्ध गराउनु हुनसमेत जानकारी र अनुरोध ।

     

  • GBNF बाट २०८० को भित्तेपात्रो (Calendar) प्रकाशनको लागि Photo र Caption तथा आवस्यक परिमाण उपलब्ध र जानकारी गराउने सम्बन्धमा ।

    GBNF बाट अहिलेसम्म प्रकाशित गरिएका Calender हरुको नमूना हेरी अध्ययन गर्नुहोस्  र  GBNF बाट २०८० को भित्तेपात्रो (Calendar) प्रकाशनको लागि Photo र Caption तथा आवस्यक परिमाण उपलब्ध र जानकारी गराउने सम्बन्धमा ।

    बिभिन्न जिल्लाहरुमा रहे-बसेका बन्धु-बान्धवहरुले गरेका सामूहिक गतिबिधीहरु समेटिएर Ghimire Bandhu National Foundation [GBNF] ले बिगत बर्षहरुमा झैं भित्तेपात्रो (Calendar)- २०८० प्रकाशित गरिने भएकोले आफ्नो क्षेत्रमा घिमिरे बन्धु-बान्धवहरुले गर्नु भएको सामूहित गतिबिधीहरु, पुर्खाहरुले निर्माण गर्नुभएका मठ-मन्दिर, पाटी-पौवा, तलाऊ-पोखरी, चौतारी, धर्मशाला, साँघु, पाठशाला आदिहरु.... को Photo र सो को Caption यस प्रतिष्ठानको ghimire.rastriyapratisthan@gmail.com मा २० ७९  फाल्गुण २५ गतेसम्म पठाउनु होला । उपलब्ध भएका विवरणहरु संग्रह गरि GBNF को छलफलबाट ती विवरणहरु भित्तेपात्रो (Calendar)- २०८० मा राखिने छन् । 


    साथै कुन कुन जिल्लामा कुन कुन घिमिरे समुूहहरु, ब्यक्तिहरुलाई कति थान भित्तेपात्रो (Calendar)- २०८० चाहिन्छ (?) लैजाने ब्यवस्था आँफैले गर्ने गरि  सो पनि ghimire.rastriyapratisthan@gmail.com मा वा GBNF केन्द्रीय परिषद् वा बिभिन्न उप-समितिका बन्धुहरुसँग सम्पर्क राख्नु भई विवरण उपलब्ध गराउनु हुनसमेत जानकारी र अनुरोध ।

    घिमिरे प्रतिष्ठान [GBNF] ले के कस्ता किसिमका Calender हरु प्रकाशित गर्दछ (?) भन्ने सम्बन्धमा सम्बन्धित इच्छुक बन्धु-बान्धवहरुलाई अध्ययन गरि जानकारी लिनको लागि बिगत बर्षहरुमा प्रकाशित Calender हरुको केही नमूनाहरु पनि सम्प्रेषण गरिएको छ ।

  • सम्माननीय सभामुख श्री देवराज घिमिरेलाई बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न ।

    २०७९ माघ १३ गते घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको आयोजनामा नेपाल ह्रदय रोग प्रतिष्ठान, पुल्चोक, ल.पु. मा घिमिरे बन्धु-बान्धवहरु मध्ये अहिलेसम्म नेपालको उच्च ओहदामा पुग्नुभएका सम्माननीय सभामुख श्री देवराज घिमिरेलाई प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरेले दोसल्ला ओढाई, माला तथा अविर लगाई स्वागत गर्दै उहाँ उच्च ओहदामा पुग्नुभएकोमा सबै घिमिरे बन्धु-बान्धवहरुको गौरव बढेकोमा उहाँलाई बधाई तथा उहाँको सफल कार्यकालको शुभकामना अर्पण गर्नु भयो ।

     सोही अवसरमा उपस्थित सबैले आ-आफ्नो परिचयका साथ बधाई तथा शुभ-कामना अर्पण गरिएको थियो भने प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्री डिल्लीप्रकाश घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको र द्धितीय उपाध्यक्ष श्री चन्द्र घिमिरेले सम्माननीय सभामुखसहित उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । मन्तव्यको क्रममा सम्माननीय सभामुखले आफू पहिला पहिला पनि प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने हुनाले प्रतिष्ठानको गतिबिधी र क्रियाकलापहरु बारेमा जानकारी भएकोले समाजमा अझ राम्रो योगदान गर्दै जाओस्, पुर्खाहरुका सामाजिक योगदानहरुको खोजबिन गरि जगेर्ना गर्ने काममासमेत अगाडि बढोस् भन्ने शुभकामना सहित प्रतिष्ठानप्रति हार्दिकता प्रकट गर्दै प्रशंसा समेत गर्नु भएको थियो । 
     
    कार्यक्रमका केही झलकहरु संलग्न गरिएको छ ।

     

  • बाग्लुङ जिल्ला घिमिरे तदर्थ समिति गठन ।

     नायव बडा गुरुज्यू प्रा. डा. श्री माधव भट्टराईको प्रमुख आतिथ्यता एवं घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सह-कोषाध्यक्ष श्री राम प्रसाद घिमिरे (लमजुङ्ग) को समुपस्थिति तथा संस्कृतिविद् प्रा. श्री कान्ता घिमिरे भट्टराईको आतिथ्यतामा बाग्लुङ जिल्लाको बडिगार्ड गा.पा.५ नं. का जन निर्वाचित वडा सदस्य श्री राजिव घिमिरे (९८५७६२२८१५) को संयोजकत्वमा बाग्लुङ जिल्लामा रहेका घिमिरे बन्धु-बान्धवहरुका समूहहरूलाई समेटेर जिल्ला घिमिरे समन्वय समिति गठन गर्नका लागि २०७९ पौष १६ गते शनिबार "बाग्लुङ जिल्ला घिमिरे तदर्थ समिति" गठन गरिएको छ ।

    साथै सो कार्यक्रममा तारा गा.पा. का ३ नं. वडा अध्यक्ष श्री जित खत्री घिमिरे, बाग्लुङ न.पा. वडा नं. २ का सदस्य श्री अर्जुन घिमिरे र बडिगार्ड गा.पा.५ नं. का वडा सदस्य श्री कोपिला घिमिरे सहित अन्य बन्धु-बान्धवहरुसमेतको उपस्थिती रहेको थियो । सो समितिले केही दिनमा धेरै बन्धुबान्धवहरु समेटेर वृहत भेला गरि समितिलाई पूर्णता दिई काममा अगाडि बढ्नेसमेत संयोजक बन्धुले जानकारी गराउनु भएको छ ।

    सो समन्वय समिति गठन गर्नको लागि सो जिल्लाका बन्धु-बान्धवहरुले संयोजक बन्धुलाई वा ghimire.rastriyapratisthan@gmail.comमा सम्पर्क गर्नु हुन समेत जानकारी र अनुरोध छ । साथै अन्यत्र जिल्ला तथा स्थानीय निकायहरुमा घिमिरे समन्वय समिति गठनको लागि सम्बन्धित बन्धु-बान्धवहरुले पहल गर्नु हुन समेत जानकारी र अनुरोध छ ।

     

  • GBNF को परिषद्को बैठक र सम्मान कार्यक्रम ।

    २०७९ पौष १० गते घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान [{Ghimire Bandhu National Foundation}-GBNF] को केन्द्रीय परिषद्को बैठक घिमिरे कुलायन समाज, लामाटार, सिस्नेरी (महालक्ष्मी न.पा.९) ललितपुरका अध्यक्ष श्री केदार घिमिरेको सभापतित्व तथा प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सो समाजको भवनमा सम्पन्न भयो ।

    हरेक ३-३ महिनामा हुने परिषद्को सो बैठकमा प्रतिष्ठानको मासिक रुपमा हुने नियमित केन्द्रीय समितिमा भएका छलफल र निर्णयहरुलाई जानकारी गराई समर्थन गरिएको थियो । साथै प्रतिष्ठानको भावी योजनाको बारेमा पनि जानकारी गराई उपस्थित बन्धुहरुको परिचय, राय-सल्लाह, सुझाव तथा मन्तब्यसहितको कार्यक्रमका अवसरमा प्रतिष्ठानप्रतिको गतिबिधी र क्रियाकलापहरुको बारेमा रहेको जिज्ञासाको समाधान पनि गरिएको थियो ।

    सोही अवसरमा धादिङ, काभ्रे, भक्तपुर, ललिततपुर जिल्ला घिमिरे समन्वय समितिका अध्यक्षसहितका बन्धुहरु, काभ्रे, काठमाण्डौ तथा ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित घिमिरे जन-प्रतिनिधीहरु र सो जिल्लाहरुका स्थानीय स्तरीय घिमिरे समन्वय समितिका बन्धु-बान्धवहरुको उपस्थिती रहेको थियो । 

     

     

    सो कार्यक्रममा गत सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित घिमिरे जन-प्रतिनिधीहरुलाई टीका लगाई बधाईसहित सम्मान गरिएको थियो । इलामको बरबोटेमा जन्म भई हाल सूर्यविनायक, भक्तपुर बस्ने श्री गणेश घिमिरेले प्रतिष्ठानको आजिवन सदस्यता लिनु भएकोले उहाँलाई पनि टीका लगाई सम्मान गरिएको थियो । यस प्रतिष्ठानको आजिवन सदस्यता लिनको लागि इच्छुक बन्धु-बान्धवहरुले प्रतिष्ठानको ghimire.rastriyapratisthan@gmail.com वा ०१-४६०००१९ मा सम्पर्क राख्नु हुनसमेत जानकारी र अनुरोध छ ।

    उपस्थित बन्धु-बान्धवहरुले GBNF बाट त्यहाँ स्थापित केन्द्रीय अभिलेखालय, पुस्तकालयको समेत अवलोकन गर्नु भएको थियो ।  

    सो कार्यक्रममा उपस्थित सबै बन्धु-बान्धवहरुलाई GBNF र सो समाजको तर्फबाट हार्दिक आभारसहित स्वागत गर्दै समाजबाट जलपानको पनि ब्यवस्था गरिएको थियो ।

  • Kendriya samiti 2071-74

    केन्द्रीय सदस्यहरुको विवरण २०७१– २०७४

    (क) मानार्थ सदस्य
    राष्ट्रकवि श्री माधवप्रसाद घिमिरे, लैनचौर, काठमाडौं

    (ख) सल्लाहकार सदस्यः
    (१) डा.बिष्णु प्रसाद घिमिरे, घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान, देवघाटधाम, चितवन
    (२) श्री वेदनाथ घिमिरे, एकीकृत घिमिरे कल्याण परिषद्, विराटनगर
    (३) श्रीप्रसाद घिमिरे(एस.पी.“आसा”, ऐतिहासिक साहित्यकार, काठमाण्डौ

  • केन्द्रीय परिषद 2074-2078

    मानार्थ सदस्य राष्ट्रकवि माधवप्रसाद घिमिरे, लैनचौर, काठमाडौं
    सल्लाहकार सदस्यः श्रीप्रसाद घिमिरे(एस.पी.“आसा”, ऐतिहासिक साहित्यकार, काठमाण्डौ

    केन्द्रीय परिषद् सदस्यहरु

    अध्यक्ष :माधवप्रसाद घिमिरे, काठमाडौं 


    उपाध्यक्षहरु

    श्री चेतनाथ घिमिरे, झापा
    श्री डिल्लीप्रकाश घिमिरे, पाँचथर
    श्री बद्रीनाथ घिमिरे, तनहुँ

    महासचिव

    श्री ईश्वरी प्र. घिमिरे, गोरखा

    सचिव

    श्री अजय घिमिरे, चितवन

    कोषाध्यक्ष

    श्री पुण्यप्रसाद घिमिरे, ईलाम

    सह–कोषाध्यक्ष

    श्री राम प्र. घिमिरे, लमजुङ्ग

    सदस्यहरु


     ईश्वरीराज घिमिरे, रामेछाप

     रमेशकुमार घिमिरे, ललितपुर

     रामप्रसाद घिमिरे, मोरङ्ग

     अनिल कु शर्मा घिमिरे, दाङ्ग

     अग्नि प्र. घिमिरे, झापा

     श्रीधर घिमिरे, रुपन्देही

     शम्भु घिमिरे, ओखलढुङ्गा

     उत्तरा घिमिरे, संखुवासभा

     हिरा घिमिरे रेग्मी, लमजुङ्ग

     मुकुन्द प्र. घिमिरे, काठ.

    जगदीश्वर घिमिरे, ल.पु.

    थिर कुमार खत्री घिमिरे, भक्तपुर

    नरहरि घिमिरे, गुल्मी

    बेदनाथ घिमिरे, प्र. नं.–१, मोरङ्ग

    कुलराज घिमिरे, प्र. नं.–२, धनुषा

    देबेन्द्रराज घिमिरे, प्र. नं.–३,दोलखा

    मुकुन्दराजप्रकाश घिमिरे,प्र. नं.–४, लमजुङ्ग.

    सुसिल घिमिरे, प्र. नं.–५, अर्घाखाँची

    खेमलाल घिमिरे, प्र. नं.–७, कञ्चनपुर
     

  • Kendriya samiti 2071-74 - New

    केन्द्रीय सदस्यहरुको विवरण २०७१– २०७४

    (क) मानार्थ सदस्य
    राष्ट्रकवि श्री माधवप्रसाद घिमिरे, लैनचौर, काठमाडौं

    (ख) सल्लाहकार सदस्यः
    (१) डा.बिष्णु प्रसाद घिमिरे, घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान, देवघाटधाम, चितवन
    (२) श्री वेदनाथ घिमिरे, एकीकृत घिमिरे कल्याण परिषद्, विराटनगर
    (३) श्रीप्रसाद घिमिरे(एस.पी.“आसा”, ऐतिहासिक साहित्यकार, काठमाण्डौ

  • नयाँ बर्षको शुभ-कामना आदान-प्रदान, भित्तेपात्रो लोकार्पण, सम्मान कार्यक्रम सम्पन्न

    नयाँ बर्षको शुभ-कामना आदान-प्रदान, भित्तेपात्रो लोकार्पण, सम्मान कार्यक्रम सम्पन्न । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरेको सभापतित्व तथा पूर्व न्यायाधिश श्री शारदाप्रसाद घिमिरेको प्रमुख आतिथ्यता एवं श्री यम बहादुर दुराको विशेष आतिथ्यतामा २०७८ चैत १८ गते, शुक्रबारका दिन साझा पार्टी प्यालेस, लगनखेल, ल.पु. मा “नयाँ बर्ष–२०७९ को शुभ–कामना आदान–प्रदान, भित्तेपात्रो–२०७९ को लोकार्पण एवं सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा “इतिहासले बिर्सिएका व्यक्तित्वः कुश्माखर घिमिरे” ग्रन्थका ७ जना लेखक सर्जक मध्ये श्री यम बहादुर दुरालाई प्रमुख अतिथी एवं प्रतिष्ठानका अध्यक्ष कार्यक्रमका सभापति श्री चेतनाथ घिमिरेबाट संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान पत्र हस्तान्तरण गरियो । सो कार्यक्रममा “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित प्रतिष्ठानको भित्तेपात्रो–२०७९” तथा “चेरब स्मृति प्रतिष्ठानबाट प्रकाशित भित्तेपात्रो–२०७९” को सभापति, प्रमुख अतिथी एवं विशेष अतिथीहरुबाट संयुक्त रुपमा लोकार्पण गरि कार्यक्रममा उपस्थित सम्पूर्णलाई वितरण गरिएको थियो । सो भित्तेपात्रो लिनको लागि प्रतिष्ठानका केन्द्रीय सदस्यहरुसँग सम्पर्क गर्नुहोस् वा प्रतिष्ठानको ghimire.rastriyapratisthan@gmail.com मा सम्पर्क गर्नुहोस् । भित्तेपात्रो लिन काठमाण्डौ उपत्यकामा पठाउनु पर्नेछ । कर्यक्रममा प्रतिष्ठानका सह–महासचिव श्री महेश्वर घिमिरेले प्रतिष्ठानका गतिबिधी र क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो भने प्रतिष्ठानका कोषाध्यक्ष श्री पुण्य घिमिरेले आर्थिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा गोदावरी न.पा.स्तरीय घिमिरे समन्वय समितिका अध्यक्ष श्री दामोदर घिमिरे, काठमाण्डौ–बेताली घिमिरे कुल पूजा समितिका अध्यक्ष श्री केशवप्रसाद घिमिरे, काभ्रे जिल्ला घिमिरे समन्वय समितिका सदस्य श्री शालिकराम घिमिरे, घिमिरे समाज दाङका श्री उत्तमकुमार घिमिरे लगायतका बन्धु-बान्धवहरुले नयाँ वर्षको शुभ–कामना मन्तव्य दिनुका साथै प्रतिष्ठानले गरेका र भविष्यमा गर्नु पर्ने गतिबिधी तथा क्रियाकलापहरुको बारेमा सुझाव तथा राय-सल्लाह दिनुभएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्री यम बहादुर दुराले प्रतिष्ठानले प्रकाशित गरेको कुश्माखर ग्रन्थको बारेमा प्रकाश पार्दै यस्ता बिषयहरुमा खोजी गरि प्रतिष्ठान अगाडि बढीरहोस् भन्ने मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथीले प्रतिष्ठानले भविष्यमा सबै बन्धु-बान्धवहरुलाई समेटेर समाजमा राम्रो काम गर्दै अगाडि बढ्दै जाओस् भन्ने कामनासहित आफूले समेत त्यस्ता कार्यहरुमा साथ दिने वचनबद्धता प्रकट गर्नु भयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापतित्व श्री चेतनाथ घिमिरेले सबैको राय-सल्लाह, सुझाव अनुसार नै प्रतिष्ठान अगाडि बढ्ने हुनाले सबैको सहयोगको खाँचो रहेको जानकारी र अनुरोध गर्दै नयाँ वर्षको शुभ-कामनासहित उपस्थित सम्पूर्णलाई धन्यवाद प्रदान गर्दै भित्तेपात्रो प्रकाशनमा बिज्ञापन उपलब्ध गराई सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद ज्ञापन गरि कार्यक्रमको समापन गर्नुभयो ।

Please Click Here For More Details

HELPING HANDS

As the Ghimire Pratisthan is a volunteer organization, we appreciate and welcome helping hands. Some of the latest helping hands are listed here.

Ajay Ghimire

Social Activist

Mr. Ajay Ghimire is the dream maker of the family tree system. He had initiated to form the IT team and collect the 'Banshawali' data. 
He is regularly inspiring the technical and non-technical teams in order to achieve the desired goal.

 

Khem Raj Ghimire

Managing Director at Nimble Infosys

Mr. Khem Raj Ghimire  is leading the engineering team. He also worked as a system architecture designer. 
It has been possible to upgrade the website within a short duration( into v2) from his active initiation. He is the sole developer of it. 
He is providing its hosting service free of cost.

Jayaram Ghimire

Journalist at Newsktm डटकम

Mr. Jayaram Ghimire had developed the website (v1). He used to manage content on the website(v1). 
He is regularly inspiring and suggesting in the requirements of the family tree system.

 

Lok Raj Ghimire

Project Manager at Benekiva LLC

Mr. Lok Raj Ghimire is working as a software requirement analyst for the family tree system. He also worked as a system architecture designer.  
He played a valuable role in data/content migration during website upgrades. He had provided a hosting service for the website(V1) free of cost.

Please Click Here For More Details

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

Contact

For any kind of suggestion and need more information about the foundation or Ghimire Bamsha in Nepal, feel free to contact us.

Location:

Ghimire Pratisthan, Babarnahal, Kathmandu - Nepal

Call:

9845051205

Loading
Your message has been sent. Thank you!