घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

८) भक्तपुर

भक्तपुर जिल्ला घिमिरे समन्वय समितिको विवरण

मिति २०७४ पौष १४ गते, शनिबार गुण्डु –४ (हालः सूर्यविनायक न.पा. वडा नं.७, खत्री टोलमा रहेको घिमिरे खत्री कुल पूजा समूह, भक्तपुरमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री ऋषिराम घिमिरेको अध्यक्षतामा भक्तपुर जिल्ला घिमिरे समन्वय समितिको पौष महिनाको नियमित मासिक बैठक सम्पन्न भयो ।
सो कार्यक्रममा भक्तपुर जिल्ला घिमिरे समन्वय समितिका अन्य पदाधिकारीहरु सहित घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सचिव, काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्य क्षेत्र रहेको प्रतिष्ठानको भगिनी संस्था “काश्यप बहुउद्देश्यीय सहकारी संस्था” का सचिव र सञ्चालक समितिका सदस्य श्री तोयानाथ घिमिरे लगायत, बलम्बु काठमाण्डौका खत्री घिमिरे कुल पूजा समूहका पुजारी श्री कृष्णमुरारी घिमिरे खत्री र डाङ्ग्रे श्री रामशरद घिमिरे खत्री सहित सो क्षेत्रका अन्य घिमिरे बन्धुहरुको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा निम्न बुँदाहरु उपर छलफल गरी निम्न निर्णयहरु गरियोः–
(क) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको बारेमा जानकारी गराई प्रतिष्ठानले प्रकाशित गर्न खोजेको दोश्रो अङ्कको लागि घिमिरे बन्धुसम्बन्धी लेख,  रचना तथा प्रतिभाशाली घिमिरे बन्धु बान्धवहरुको विवरण भए पौष मसान्तसम्म जिल्ला समन्वय समितिमार्फत वा  ghimire.rastriyapratisthan@gmail.com बाट प्रतिष्ठानमा उपलब्ध गराउन जानकारी सहित अुनरोध गरियो ।
(ख) जिल्ला घिमिरे समन्वय समितिका पहिलाका क्रियाकलापहरुको बारेमा समीक्षा र मूल्याङ्कन गरियो ।
(ग) सो समूहले आप्mनो क्षेत्रमा प्रतिष्ठानको अबधारणा अनुसार बंशावली संकलन गरी प्रकाशन गर्नको लागि अभिप्रेरित गर्न प्रतिष्ठानले तयार  पारेको बंशावली संकलन विवरण फारम जिल्ला समन्वय समिति मार्पmत उपलब्ध गराईयो ।
(घ) जिल्ला समन्वय समितिको पहल र सो खत्री घिमिरे कुल पूजा समूहको पहलमा २०७३ चैत्र महिनामा सञ्चालन गरिएको स्वास्थ्य शिविर  जस्तै अर्को स्वास्थ्य शिविर सञ्चालन गर्ने तर्पm सोच राखी पहल गर्ने सम्बन्धमा छलफल गरियो ।
(ङ) प्रतिष्ठानको भगिनी संस्थाको रुपमा काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्य क्षेत्र रहेको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाको  बारेमा जानकारी उपलब्ध गराईयो ।
(च) २०७४ माघ महिना १३ गते जिल्ला समन्वय समितिको नियमित मासिक बैठक डोलेश्वरमा रहेका थापा घिमिरे कुल पूजा समूहको     सक्रियतामा डोलेश्वर महादेव मन्दिर प्राङ्गण, भक्तपुरमा गर्ने निर्णय गरियो ।

जिल्ला घिमिरे समन्वय समितिको विवरण

१) श्री माधव घिमिरे अध्यक्ष अनन्तलिंगेश्बर, ९८४१३९८६४९

सिपाडोलमा रहेबसेका थापा घिमिरेहरुको कुल पूजाको झलकका photo हरु